हाम्रा पर्वले उत्तरदायी संसद्कै माध्यमबाट मात्रै लक्ष्यलाई वास्तविकतामा बदल्ने प्रेरणा दिउन्ः उपाध्यक्ष

हिमाल प्रेस १८ मंसिर २०८२ ८:२८
2
SHARE
हाम्रा पर्वले उत्तरदायी संसद्कै माध्यमबाट मात्रै लक्ष्यलाई वास्तविकतामा बदल्ने प्रेरणा दिउन्ः उपाध्यक्ष
काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको लक्ष्यलाई वास्तविकतामा बदल्न सकिने विश्वास व्यक्त गरेकी छन्।
किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘संविधानले परिकल्पना गरेको दुई सदनको व्यवस्थाअनुसार प्रतिनिधिसभा नरहेको वर्तमान अवस्थामा राष्ट्रियसभाको भूमिकालाई अझ मजबुत, सक्रिय र परिणाममुखी बनाउने अवस्था रहेको छ । राष्ट्रियसभालाई नीतिगत छलफल, कानुनी संरचनाको सूक्ष्म परीक्षण, दीर्घकालीन रणनीति निर्माण तथा सुशासनको प्रत्याभूतिको संस्थागत थलोका रूपमा सुदृढ गर्दै संसद्को सर्वोच्चता कायम राख्नु अहिलेको अत्यावश्यक राष्ट्रिय आवश्यकता बनेको छ । यो पर्वले त्यसमा पनि प्रेरणा दिने विश्वास छ।’
राई, लिम्बू, सुनुवार र याख्खा समुदायको मूल सांस्कृतिक पहिचान बोकेको उधौली पर्व मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरूसहित मनाइने गर्दछ।
प्रकाशित: १८ मंसिर २०८२ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast