एकीकृत समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत हाल्ने

हिमाल प्रेस ४ माघ २०७९ १३:०३ | Wednesday, January 18, 2023
एकीकृत समाजवादीले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत हाल्ने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सभामुखको निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवारलाई मत हाल्ने भएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने भएकाले कांग्रेसलाई मत हाल्ने भएको हो।

आज बिहान मात्रै समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

छलफलका क्रममा सर्वसम्मतिबाट उम्मेदवार चयन गर्ने नभए अर्को उम्मेदवारमा सहयोग गर्ने सहमति भएको थियो। यता सत्ता गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई उठाउँदै छ।

कांग्रेसले भने ईश्वरी न्यौपानेलाई सभामुखमा उठाउने तयारी गरेको छ।

प्रकाशित: ४ माघ २०७९ १३:०३ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast