खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टीले कुलमानको पार्टीसँग चुनावी तालमेल नगर्ने

हिमाल प्रेस १७ मंसिर २०८२ १३:५४
8
SHARES
खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टीले कुलमानको पार्टीसँग चुनावी तालमेल नगर्ने

काठमाडौँ- खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल उज्यालो नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिने सहमतिबाट अलग भएको छ ।

मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलेको चिम चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबिच सहमति भएको थियो। तर कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएको केन्द्रीय सदस्य प्रेमनारायण विकले बताए। उनका अनुसार मंसिर १४ गते नै पार्टीले आयोगलाई जानकारी गराइसकेको छ।

‘हामीले एकत चुनाव चिह्न लिने सहमति गरेको हो। तर पछि कानुनी झमेला हुने देखिएपछि सहमतिबाट अलग भयौँ। एउटै चुनाव चिन्ह प्रयोग गर्दा पार्टीको अस्तित्व नै नरहने रहेछ। अब हामी आफ्नै पार्टीको चिन्हमा निर्वाचनमा भाग लिन्छौँ। दुई पार्टीबिच चुनाव तालमेल हुन्छ’, विकले भने।

प्रकाशित: १७ मंसिर २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast