‘भगवत् गीता’सँग जोडिए विपिन

हिमाल प्रेस ४ माघ २०७९ १२:५५ | Wednesday, January 18, 2023
‘भगवत् गीता’सँग जोडिए विपिन

काठमाडौँ- अभिनेता विपिन कार्की फिल्म ‘भगवत् गीता’मा अनुबन्धित भएका छन्। विपिन फिल्मसँग जोडिएको जानकारी फिल्मकी निर्देशक झरना थापाले दिएकी हुन्।

उनले सामाजिक सञ्‍जालमार्फत सो कुरा खुलाएकी छन्। बुधबार फिल्म निर्माण पक्ष र अभिनेताबीच सम्झौता भएको छ।

झरनाले सम्झौता भएको फोटो फेसबुकमा पोस्ट गरेकी छन्। ‘भगवत् गीता टोलीमा स्वागत छ,’ क्याप्सन लेखेकी छन्।

विपिनसँगै फिल्ममा सुहाना थापा र धीरज मगर मुख्य भूमिका रहनेछन्। यसअघि सानो भिडियो सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म वैशाख १ मा प्रदर्शनमा आउने जनाएको थियो।

तर, माघ तेस्रो सातादेखि फिल्मको छायांकन सुरु हुनेछ। जनकपुर र मनाङमा छायांकन हुने फिल्मको प्रदर्शन मिति छायांकनपछि मात्र टुंगो लाग्ने निर्माण पक्षको भनाइ छ।

केही समयअघि फिल्म विवादमा परेको थियो। फिल्मविरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको थियो।

अन्तरजातीय प्रेमकथामा आधारित फिल्मले हिन्दूहको धार्मिक आस्थामा आघात पुर्‍याएको भन्दै हिन्दू जागरण नेपालले फिल्मविरुद्ध बोर्डमा उजुरी दिएको थियो।

प्रकाशित: ४ माघ २०७९ १२:५५ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast