बालेनसँग तस्बिर खिचाउँदै कुलमानले लेखे- देश बनाउने अभियानमा सँगै छौँ

हिमाल प्रेस १४ मंसिर २०८२ २२:५८ | Sunday, November 30, 2025
20
SHARES
बालेनसँग तस्बिर खिचाउँदै कुलमानले लेखे- देश बनाउने अभियानमा सँगै छौँ

काठमाडौँ- ऊर्जामन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेटवार्ता गरेको तस्बिर यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ जेनजी आन्दोलनपछि बनेको निर्दलीय सरकारका मन्त्री हुन्। उनले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। घिसिङकै अगुवाइमा उज्यालो नेपाल पार्टी गठन गरिएको भनिए पनि उक्त पार्टीमा उनको आबद्धता खुलेको छैन। यद्यपि पार्टी गठन उनकै सक्रियतामा भएको चर्चा छ।

घिसिङले काठमाडौँ महानगरका मेयर शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्। उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’ उनीहरु दुईजनाको भेट राजनीतिक सहकार्यका लागि हुन सक्ने अनुमान गरिएको छ।

मेयर शाह भने हालसम्म कुनै दलमा आबद्ध भएका छैनन्। मन्त्री घिसिङले देश बनाउने कस्तो अभियान हो भनेर केही खुलाएका छैनन्।

प्रकाशित: १४ मंसिर २०८२ २२:५८ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast