इन्डोनेसियामा बाढीका कारण चार सयबढीको मृत्यु

हिमाल प्रेस १४ मंसिर २०८२ २१:१५ | Sunday, November 30, 2025
10
SHARES
इन्डोनेसियामा बाढीका कारण चार सयबढीको मृत्यु तस्बिर : एफपी

काठमाडौँ- इन्डोनेसियाको सुमत्रा टापुमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ४४२ पुगेको छ। अधिकारीहरूले बताएअनुसार आइतबार यो संख्या पहिलोपटक तीन सय नाघेको थियो।

सुमत्रामा लगातार राहत तथा उद्धार कार्य जारी रहेका छन्। बाढीले सडक बगाएका ठाउँमा उद्धारकर्मीलाई पुग्न कठिन भइरहेको जनाइएको छ। त्यस्तै धेरै स्थानहरूमा इन्टरनेट र बिजुली आपूर्ति अझै सञ्चालनमा आउन सकेका छैनन्।

दक्षिणपूर्व एसियाका धेरै भागहरू मनसुनी वर्षा र चक्रवाती आँधीका कारण गम्भीर रुपमा प्रभावित भएका छन्। यसलाई इन्डोनेसियामा हालका वर्षहरूमा आएको सबैभन्दा भीषण बाढी मानिएको छ।

इन्डोनेसियाका साथै मलेसिया, श्रीलंका र थाइल्यान्डमा पनि सयौँ मानिस वर्षा र बाढीको संकटसँग जुधिरहेका छन्।

प्रकाशित: १४ मंसिर २०८२ २१:१५ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast