श्रीलंकामा बाढीका कारण १९३ जनाको मृत्यु

हिमाल प्रेस १४ मंसिर २०८२ १७:५५ | Sunday, November 30, 2025
8
SHARES
श्रीलंकामा बाढीका कारण १९३ जनाको मृत्यु

काठमाडौँ- श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा १९३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मृत्यु क्यान्डी र बाडुल्लामा भएको छ। बाढी पहिरोका कारण धेरै क्षेत्रमा सडक सम्पर्क टुटेको छ। श्रीलंका पछिल्ला केही वर्षयताकै सबैभन्दा खराब मौसमी संकटसँग जुधिरहेको छ।

विपद् व्यवस्थापन केन्द्रका अनुसार दुई सयभन्दा बढी मानिस बेपत्ता छन् भने २० हजारभन्दा बढी घर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस सरकारले बनाएको अस्थायी शिविरमा शरण लिएको बताइएको छ।

भारी वर्षा र बाढीका कारण श्रीलंकाको करिब एक तिहाइ भागमा बिजुली र पानीको आपूर्ति ठप्प भएको छ। अधिकारीहरूका अनुसार चक्रवाती आँधी ‘दित्वाह’ का कारण श्रीलंकामा संकटकाल घोषणा गरिएको छ।

केलानी नदीको जलस्तर लगातार बढी रहेको छ, जसका कारण स्थानीयलाई ठाउँ स्थानन्तरणका लागि निर्देशन दिइएको छ।

प्रकाशित: १४ मंसिर २०८२ १७:५५ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast