कांग्रेस बैठक फेरि सर्‍यो

हिमाल प्रेस १३ मंसिर २०८२ १९:११ | Saturday, November 29, 2025
कांग्रेस बैठक फेरि सर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक सोमबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको थियो। यसअघि बिहीबारका लागि बोलाइएको बैठक शुक्रबारका लागि सारिएको थियो। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा सर्वसम्मत निर्णय हुने अवस्था नभएसम्म बैठक सारिरहने स्पष्टोक्ति दिएका छन्।

महाधिवेशनको विषयमा विवाद बढ्दै जाँदा बैठक बस्न नसकेको हो। पार्टीमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन।

प्रकाशित: १३ मंसिर २०८२ १९:११ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast