राजसंस्था समर्थकलाई प्रदर्शन गर्न रोक

हिमाल प्रेस १३ मंसिर २०८२ १५:११ | Saturday, November 29, 2025
12
SHARES
राजसंस्था समर्थकलाई प्रदर्शन गर्न रोक

काठमाडौँ- प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्न रोक लगाएको छ।

राजसंस्था पुन: स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गर्न खोजेको थियो तर ठूलो संख्यामा तैनाथ गरिएका प्रहरीले प्रदर्शन गर्न बिजुलीबजार पुग्नेहरुलाई त्यहाँबाट हटाएको थियो। सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ। यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका राजावादीहरुले शनिबार भने बिजुलीबजारमा प्रदर्शन गर्न खोजेका थिए।

प्रकाशित: १३ मंसिर २०८२ १५:११ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast