रुपन्देही- तत्कालीन नेकपा माओवादी केन्द्रका तीनजना केन्द्रीय सदस्यसहित १० जनाले पार्टी परित्याग गरेका छन्। उनीहरू हालै गठन भएको प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) मा प्रवेश गरेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपा छाडेर उनीहरू प्रलोपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका बामदेव क्षेत्री, केन्द्रीय सदस्यहरू गोविन्द केसी र किस्मत विक, माओवादी केन्द्र प्रदेश कार्यालयका प्रमुख सचिव यज्ञ पोखरेल, प्रदेश सदस्यहरू कृष्णबहादुर भण्डारी, भक्तबहादुर पुन, प्रकाश कुँवर, अधिवक्ता समेत रहेका अनुप पोखरेल, जिल्ला सदस्य कर्ण भट्टराई, बुटवल उपमहानगर कमिटी सदस्य कृष्ण बन्जाडे रहेका छन्।
नेकपा परित्याग गर्दै बामदेव क्षेत्रीले नवगठित नेकपाको नेतृत्व जेनजी विद्रोहको म्याण्डेटविपरीत सत्ता स्वार्थको लागि मात्र गरिएको गठबन्धन भएकाले प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको बताए।


