‘कांग्रेसको महाधिवेशन तत्काल सुनिश्चित गर’

हिमाल प्रेस ११ मंसिर २०८२ १४:५७ | Thursday, November 27, 2025
20
SHARES
‘कांग्रेसको महाधिवेशन तत्काल सुनिश्चित गर’

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरूले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्।

कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रुपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका हुन्।

कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहीनताले पार्टी गम्भीर संकटको मोडमा उभिएको उनीहरूले बताए। उनीहरूले यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने जनाएका छन्।

नियमित महाधिवेशनको मिति तोक्न समेत अनाकानी गर्ने, विशेष महाधिवशेनको मागलाई सम्बोधन नगरी अनावश्यकरूपमा केन्द्रीय समितिको बैठक लम्बाइराख्ने प्रवृत्ति पार्टीकै लागि समेत उचित भएको कांग्रेस नेता देवराज चालिसेले बताए।

उनले आफूहरूले चुनावअघिको शक्ति र अवस्था नभई नयाँ नीति र नेतृत्व खोजेको स्पष्ट पारे। चालिसेले वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने अवस्थामा मात्रै विशेष महाधिवेशनको माग स्वत: निष्क्रिय हुने भन्दै त्यस बाहेकका अवस्था विशेष महाधिवेशनको अधिकारलाई कसैले रोक्न नसक्ने धारणा राखेका हुन्।

विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरूले एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा पुसा २८ भित्र विशेष महाविधेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्ने जनाएका छन्।

प्रकाशित: ११ मंसिर २०८२ १४:५७ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast