स्नातक उर्त्तीण बेरोजगार युवालाई मधेश सरकारप्रति महिना २ हजार बेरोजगार भत्ता दिने

हिमाल प्रेस १० मंसिर २०८२ १०:५३ | Wednesday, November 26, 2025
38
SHARES
स्नातक उर्त्तीण बेरोजगार युवालाई मधेश सरकारप्रति महिना २ हजार बेरोजगार भत्ता दिने

जनकपुरधाम- मधेश सरकारले स्नातक उर्तीण बेरोजगार युवालाई प्रति महिना २ हजार रुपैयाको दरले (जीवन निर्वाह) बेरोजगार भत्ता दिने प्रस्ताव गरेको छ।

बुधवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले राष्ट्रिय युवा नीतिले परिभाषित गरेका प्रदेश भित्रका १८-३५ वर्ष उमेर समूहका बेरोगार स्नातक उर्तीर्ण युवालाई जीवन निर्वाह गर्न बेरोजगार भत्ता दिने प्रस्ताव गरिएको हो। तर अहिले मधेश सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन तथा नीतिगत निर्णय गर्नमा रोक लगाएको छ।

मुख्यमन्त्री यादवले भने सर्वोच्च आदेश सकारात्मक आएमा सोही प्रस्तावलाई नीतिगत निर्णय गरी कार्यान्वयनमा लैजाने बताएका छन्। यी बाहेक मधेश आन्दोलनका सहिदलाई मधेश रत्न सम्मानबाट सम्मानित गर्ने पहिलो निर्णयको कार्यविधि निर्माण प्रकियाको चरणमा रहेको मुख्यमन्त्री यादवले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०८२ १०:५३ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast