फाइल तस्बिर- रासस
काठमाडौँ- काठमाडौँ उपत्यकामा लगातार चिसो बढिरहेको छ।
शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आज (आइतबार) थप घटेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।
प्रकाशित: ७ मंसिर २०८२ ७:०० | Sunday, November 23, 2025
प्रतिक्रिया



