प्रधानन्यायाधीश राउत भारत प्रस्थान

हिमाल प्रेस ६ मंसिर २०८२ १२:४८ | Saturday, November 22, 2025
14
SHARES
प्रधानन्यायाधीश राउत भारत प्रस्थान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत/फाइल तस्बिर

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गरेका छन्। भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईको निमन्त्रणमा प्रधानन्यायाधीश राउत नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

प्रधानन्यायाधीश राउत एयर इन्डियाको विमानबाट शनिबार बिहान भारत प्रस्थान गरेका हुन्। उनी भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि गएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनी मंसिर ९ गतेसम्म भारतमा रहनेछन्। प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल र शाखा अधिकृत ऋतिका शर्मा सहभागी छन्।

प्रकाशित: ६ मंसिर २०८२ १२:४८ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast