अमेरिकी डलर हालसम्मकै महँगो

हिमाल प्रेस ६ मंसिर २०८२ ६:५०
18
SHARES
अमेरिकी डलर हालसम्मकै महँगो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको मूल्य बढेर आलसम्मकै सबैभन्दा महँगो बनेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा आज महँगिएका राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा थियो।

आज युरो १ को खरिदर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा थियो।

प्रकाशित: ६ मंसिर २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast