भारतका १४ हलमा ‘ऊनको स्वीटर’ प्रदर्शन, सिक्किममा प्रिमियर 

हिमाल प्रेस ५ मंसिर २०८२ १७:१०
4
SHARES
भारतका १४ हलमा ‘ऊनको स्वीटर’ प्रदर्शन, सिक्किममा प्रिमियर 

काठमाडौँ- नेपाली फिल्म ‘ऊनको स्वीटर’ आजदेखि भारतका १४ प्रमुख हलमा प्रदर्शन भएको छ।

फिल्म दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आईएनओएक्स गान्तोक, तथा सिलिगुडीका सिनेमा सिटी सेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमालगायतकाे हलमा प्रदर्शन गरिएकाे हाे।

गायक सुजन चापागाईं, निर्देशक नवीन चौहान, अभिनेता-अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट कार्यक्रमसमेत गरिरहेका छन्।

आगामी साता नयाँ दिल्ली, असाम लगायतका स्थानहरूमा पनि प्रदर्शन हुने टिमले बताइएको छ। गत बुधवार एमजी रोड, गान्तोकमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रमको आयोजनासमेत गरिएको थियो। जसमा नेपालबाट आएका कलाकार र सुजन चापागाईंको लाइभ सांगीतिक साँझ भएको थियो।

यसैबीच सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा प्रिमियर गरिएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरू उपस्थिति थिए।

प्रिमियरमा भारतका पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथिको रुपमा सहभागी भएकी थिइन्।

प्रमुख अतिथि राईले फिल्मको प्रशंसा गरिन्। ‘एसली प्रोडक्सनले नेपाली भाषीहरूबीचको एकता झल्काउने यस्तो मिठो फिल्म सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु। भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि नेपाली भाषीहरूको भावना, संस्कृति, र परम्परा एकै हो भन्ने सन्देशले निकै छोयो। ‘ऊनको स्वीटर-२’ पनि हेर्ने चाहना छ’, उनले सिक्किम सरकारले नेपाली भाषाका फिल्मलाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सिक्किमबाट पनि यस्तै स्तरका फिल्म निर्माण हुने अपेक्षा व्यक्त गरिन्।

फिल्मका निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ फिल्म प्रस्तुत गर्न पाउनु गर्वको कुरा भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ राम्रा नेपाली फिल्म नियमित रूपमा प्रदर्शनको मार्ग खुलेको उनले बताए। उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक फिल्मको प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे।

‘नेपालमा यति उत्कृष्ट फिल्म बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,’ एक दर्शकले प्रतिक्रिया दिँदै भने। दर्शकहरूले यस्तै फिल्महरू नियमित बनेमा आफ्नो पहिलो रोजाइ नेपाली फिल्म नै हुने बताए।

प्रिमियरमा सिक्किम फिल्म विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पालगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको उपस्थिति थियो।

नेपालबाट अभिनेता विपिन कार्की, गायक सुजन चापागाईं, कलाकार भावना खपांगी मगर, छायांकार चिन्तन राज भण्डारी, सम्पादन कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्मातासहित अन्य टिमको उपस्थिति थिए।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन्। सहायक भूमिकामा एलेक्स पारस, परीक्षा लिम्बू, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ।

गत वैशाख २६ गते नेपालमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले हलमा ५१ दिन मनाउन सफल भयो। चलचित्र विकास बोर्डको विवतरणअनुसार फिल्मले नेपालमा १२ करोड भन्दा माथि व्यापार गरेको छ।‘ऊनको स्वीटर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast