अखिल (क्रान्तिकारी) संखुवासभा जनार्दनको पक्षमा खुल्यो

हिमाल प्रेस ५ मंसिर २०८२ १०:३३ | Friday, November 21, 2025
152
SHARES
अखिल (क्रान्तिकारी) संखुवासभा जनार्दनको पक्षमा खुल्यो

काठमाडौँ- अखिल (क्रान्तिकारी) जिल्ला समिति संखुवासभाले विद्यमान राजनीतिक संकट समाधानका लागि परम्परागत पार्टी एकताभन्दा फरक वैकल्पिक अभियान आवश्यक रहेको निष्कर्षसहित नयाँ राजनीतिक दिशानिर्देशन सार्वजनिक गरेको छ।

जिल्ला समितिद्वारा जारी विज्ञप्तिमा पुराना दल र वृद्ध नेताहरूको स्वार्थ प्रधान एकताले वर्तमान समस्याहरूको समाधान गर्न नसक्ने उल्लेख गर्दै युवा तथा विद्यार्थीहरूका विचार, भावना र ऊर्जा समेट्ने ‘प्रगतिशील राष्ट्रिय अभियान’ अघि बढाउने निर्णय गरिएको छ।

‘बदलिएको राजनीतिक परिस्थिति र नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्न सक्ने अभियान अबको आवश्यकता हो,’ विज्ञप्तिमा भनिएको छ। जिल्ला समिति सचिव दिपक तामाङ र अध्यक्ष सुवास राईले हस्ताक्षरित उक्त विज्ञप्तिमा आगामी दिनमा युवाको सक्रियता, संगठन पुनर्गठन र वैचारिक अभियानलाई प्राथमिकतामा राखिने जनाइएको छ।

प्रगतिशील राष्ट्रिय अभियान विघटित नेकपा माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्माले चलाइरहेका छन्। अभियानको संयोजक भने सुदन किराँती छन्। आइतबार राष्ट्रिय सभागृहमा डा.बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराँती, दुर्गा सोब, सन्तोष परियारलगायतले वैकल्पिक शक्तिको रूपमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा गर्दैछन्।

प्रकाशित: ५ मंसिर २०८२ १०:३३ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast