संगठन-पार्टीलाई संकट पर्दा सबैभन्दा बढी संकटमा मजदुर पर्छन् : विष्णु रिमाल

हिमाल प्रेस २ मंसिर २०८२ ९:२०
4
SHARES
संगठन-पार्टीलाई संकट पर्दा सबैभन्दा बढी संकटमा मजदुर पर्छन् : विष्णु रिमाल

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव संरक्षक विष्णु रिमालले संगठन र पार्टीलाई संकट पर्दा सबैभन्दा बढी मजदुरलाई संकट पर्ने बताएका छन्।

मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै रिमाले जहाँ पार्टी, संगठन र मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतम पुगी समस्या समाधान गर्ने नेता भएको बताए। उनले गौतमलाई आन्दोलनको पर्यायवाचीका नेताका रूपमा स्मरण गरे।

जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा नगरेकोमा निकै पछुतो लागेको उनले बताए। ‘मेरो लामो समयको सहकर्मी, सहयात्री नहुँदाको पीडा त भनिसाध्य छैन नै तर उहाँले एकपटक जनप्रतिनिधि बन्ने धोको सुनाए पनि अझै उमेर बाँकी छ भनेर रोकेको पीडा निकै बढी भएको छ, उहाँ कहिल्यै स्वार्थका लागि काम गर्नुभएन तर एकपटक यो धोको छ भनेको पूरा गर्न सकिएन, यो निकै चिन्ताको विषय हो,’ रिमालले भने।

रिमालले मजदुर संगठनलाई महत्त्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए। रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा गौतमले निक्कै मेहनत गरेको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने काम गरेको रिमालले बताए।

रिमालले गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदूत तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने कामहरू गरेर फर्केको स्मरण गरे।

प्रकाशित: २ मंसिर २०८२ ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast