फ्रान्सेली दूतावासले सेनालाई हस्तान्तरण गर्‍यो फ्रेन्च भाषा कार्यक्रम

हिमाल प्रेस १ मंसिर २०८२ २०:४५ | Monday, November 17, 2025
फ्रान्सेली दूतावासले सेनालाई हस्तान्तरण गर्‍यो फ्रेन्च भाषा कार्यक्रम

काठमाडौँ- नेपालस्थित फ्रान्सेली दूतावासले नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य सम्पादन तालिम केन्द्रलाई १२० घण्टे फ्रेन्च भाषा कार्यक्रम हस्तान्तरण गरेको छ। फ्रान्ससेली राजदूत भर्जिनी कोर्तेवालले सोमबार तालिम केन्द्रको भ्रमण गर्दै सो कार्यक्रम हस्तान्तरण गरेकी हुन्।

एलायन्स फ्रान्सेज काठमाडौँ (एएफके) ले विकास गरेको उक्त कार्यक्रम दूतावासको रक्षा विङको आर्थिक सहयोगमा तयार गरिएको हो। उनीसँगै उपरक्षा सहचारी लेफ्टिनेन्ट कर्णेल जिन–मेरी होल्टजिङर तथा एलायन्स फ्रान्सेज काठमाडौंका निर्देशक सिल्भेन च्वाँ समेत सहभागी थिए।

नेपालले विभिन्न देशमा शान्ति स्थापना मिसनमार्फत् पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै राजदूत कोर्तेवालले भनिन्, ‘अन्तर्राष्ट्रिय मिसनमा खटिने नेपाली सेनाका पेसागत र भाषिक क्षमतामा अभिवृद्धि ल्याउन यो कार्यक्रम सहयोगी हुनेछ।’

उक्त १२० घण्टे कार्यक्रमले फ्रेन्च भाषा बोल्ने वातावरणमा खटिनुपर्ने शान्ति सेनाहरूको मौखिक बुझाइ र अभिव्यक्तिलाई सबल बनाउने उद्देश्य राखेको दूतावासले जनाएको छ। भर्चुअल माध्यममार्फत सञ्चालन हुने कक्षाहरू तालिम केन्द्रका प्रशिक्षकहरूले अनुगमन गर्नेछन्। कार्यक्रम अपोलर्न प्लाटफर्ममा आधारित छ र सबै सामग्री नेपाली भाषामा अनुवादित रहेको दूतावासको भनाइ छ।

फ्रान्स र नेपालबीचको भाषिक तथा पेसागत सहकार्यलाई सुदृढ बनाउने यो कदमले शान्ति मिसनमा खटिने नेपाली सेनाहरूको क्षमता विकासमा योगदान दिने अपेक्षा गरिएको दूतावासको भनाइ छ।

प्रकाशित: १ मंसिर २०८२ २०:४५ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast