मतदान अधिकृतसँग निर्वाचन समीक्षा कार्यशाला

हिमाल प्रेस ३ माघ २०७९ १२:५७ | Tuesday, January 17, 2023
मतदान अधिकृतसँग निर्वाचन समीक्षा कार्यशाला

रौतहट- निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका लागि आज मधेश प्रदेशको रौतहटमा मतदान अधिकृतहरूका लागि समीक्षा कार्यशाला आयोजना गरेको छ।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनमा के के राम्रा पक्ष र कमजोरी रहे भन्नेबारेमा बुँदागतरूपमा सुझाव मागे। उनले आयोगले त्यसलाई आगामी दिनमा आवश्यक विषयमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

निर्वाचन समग्रमा मितव्ययी भएको उल्लेख गर्दै उनले कानुनको पालनामा आयोगले कुनै कसर बाँकी नराखेको स्पष्ट गरे। उनले मतदाता नामावलीमा शुद्धीकरण र आचारसंहिताको कार्यान्वयन गराउँदै निर्वाचनलाई सूचनामैत्री बनाउन आयोगले भूमिका निर्वाह गरेको स्पष्ट गरे।

रौतहटको कार्यक्रममा आयोगका तर्फबाट भएका असल अभ्यास, समस्या र सुधारका उपायबारे सहसचिव तुलसीबहादुर श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: ३ माघ २०७९ १२:५७ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast