अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

हिमाल प्रेस १ मंसिर २०८२ १५:२६ | Monday, November 17, 2025
14
SHARES
अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरीले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए।

प्रकाशित: १ मंसिर २०८२ १५:२६ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast