प्रधानमन्त्री कार्कीसँग छलफलमा छन् यी नागरिक अगुवा

हिमाल प्रेस १ मंसिर २०८२ १३:५० | Monday, November 17, 2025
10
SHARES
प्रधानमन्त्री कार्कीसँग छलफलमा छन् यी नागरिक अगुवा प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले केहीबेरअघिबाट नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गरिरहेकी हुन्।

यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गरेकी कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान अनकनाइरहेको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जनाएका छन्।

प्रधानमन्त्रीसँग छलफलमा इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त महेता, स्टेला तामाङ, विद्यादर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा, दोभान राई, दीर्घ नवीन, विजय तिमिल्सिना, खगेन्द्र संग्रौला, तुलानारायण शाह, रेवती कार्की, शिशिर उप्रेती, डा दीपेश घिमिरे, राजुप्रसाद चापागाईं रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८२ १३:५० | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast