राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली सबा दुई लाख थपिए

हिमाल प्रेस १ मंसिर २०८२ १२:५६
6
SHARES
राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली सबा दुई लाख थपिए

काठमाडौँ- राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन्।

यो संख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ। आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ।

अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ।

प्रकाशित: १ मंसिर २०८२ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast