निर्वाचन आयोग
काठमाडौँ- नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज (कात्तिक ३० गते) सकिँदैछ।
फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो।
सो समय आज सकिने भएको हो। आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ।
प्रकाशित: ३० कार्तिक २०८२ ८:४२ | Sunday, November 16, 2025
प्रतिक्रिया




