रुकुम पश्चिमको माओवादी मुसिकोट नगर कमिटी जर्नादनको अभियानमा समाहित

हिमाल प्रेस २९ कार्तिक २०८२ १३:०९ | Saturday, November 15, 2025
22
SHARES
रुकुम पश्चिमको माओवादी मुसिकोट नगर कमिटी जर्नादनको अभियानमा समाहित

सुर्खेत- नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले एकता प्रक्रियामा नजाने घोषणा गर्दै जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा जोडिने निर्णय गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने बताएका छन्।

उक्त नगर कमिटीले पार्टीभित्र रहेका विभिन्न काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति शुद्धीकरण, आन्तरिक पार्टी रूपान्तरण, सुशासन प्रवर्द्धन, युवा सहभागिता र नियमित महाधिवेशनजस्ता अत्यावश्यक वर्तमान मनोविज्ञानमा आधारित विषयहरूलाई प्रचण्डले बेवास्ता गरी ‘डम्पिङ साइट’ मा थन्क्याएको आरोप लगाएको छ।

नगर कमिटी अध्यक्ष खड्काले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा छानबिन भइरहेका र विगतमा देशलाई असफल राष्ट्र बनाउन योगदान गरेका ‘थोत्रा बसका ड्राइभरहरू’ सँग एकता गरेको बताएका छन्। उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रचण्ड आफैँ पनि माओवादी विचार र दृष्टिकोणलाई पूर्णरूपले विसर्जन गरी नाम मात्रको कम्युनिस्ट पार्टी निर्माणको नाटक नेपाली जनताका लागि एक दुखद क्षण प्रमाणित भएर जानेछ।’

नगर कमिटीले प्रचण्डले आफू बसेको झुपडी नै आगो लगाएर अर्को बहुखण्डी घरमा सरेको आरोपसमेत लगाएको छ।

प्रकाशित: २९ कार्तिक २०८२ १३:०९ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast