राष्ट्रपतिसमक्ष चार राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस २७ कार्तिक २०८२ १८:१३ | Thursday, November 13, 2025
10
SHARES
राष्ट्रपतिसमक्ष चार राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलंकाकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उक्त समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरूसमेत सहभागी थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १८:१३ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast