मधेशका प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण

हिमाल प्रेस २७ कार्तिक २०८२ १७:२८
10
SHARES
मधेशका प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण

काठमाडौँ- मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन्। बिहीबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। पदभार ग्रहणपछि प्रदेश प्रमुख कर्णले मधेश प्रदेशमा सरोजकुमार यादव नेतृत्वको सरकार गठनको विषय अदालतमा पुगिसकेकाले अदालतले संवैधानिक व्यवस्था अनुसारकै निर्णय गर्ने विश्वास व्यक्त गरे।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशको प्रदेश प्रमुखमा धनुषाका कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्दै शपथ गराएका थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast