ग्लोबल आईएमई बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न

हिमाल प्रेस २६ कार्तिक २०८२ २०:०६ | Wednesday, November 12, 2025
2
SHARE
ग्लोबल आईएमई बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चित मुनाफासहित बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण सभाले अनुमोदन गर्दै लाभांश वितरणको निर्णय गरेको हो।

गत आर्थिक वर्षमा बैंकले ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति नियमहरूको पूर्ण पालना गर्दै सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने प्रतिबद्धता जनाए।

साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, संस्थागत सेयरधनीका प्रतिनिधि, सञ्चारकर्मी तथा नियाममक निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट उत्कृष्ट उपलब्धिका आधारमा अनेक सम्मान र पुरस्कारहरू प्राप्त गरेको छ।

प्रकाशित: २६ कार्तिक २०८२ २०:०६ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast