तिब्बती बौद्ध धर्मगुरूको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ [तस्बिरहरू]

हिमाल प्रेस २६ कार्तिक २०८२ १६:३६ | Wednesday, November 12, 2025
152
SHARES
तिब्बती बौद्ध धर्मगुरूको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ [तस्बिरहरू]

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा कात्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चन भइरहेको छ। नाटक तिब्बती बौद्ध धर्मगुरू  मिलारेपाको जीवनकथामा आधारित छ।

नाटकमा मिलारेपाको बाल्यकालदेखि तपस्या गरेर ज्ञान प्राप्तिसम्मको यात्रा प्रस्तुत गरिएको छ। मिलारेपाको भूमिकामा रूपेश लामाले अभिनय गरेका छन्। चाङ् ङ्योन हेरूकले लेखेको नाटकको नेपाली नाट्य रूपान्तरण रविन तामाङले गरेका हुन्।

नाटक बुद्धि तामाङ र उमेश तामाङ संयुक्त निर्देशनमा मञ्चन भएको हो। नाटक आगामी मंसिर २१ सम्म मञ्चन हुनेछ।

नाटकमा रूपेशसँगै अन्य कलाकार रमिला मोक्तान, विकाश लामा, सानु मार्यो तामाङ, रस्मिला तामाङ, रिया लामा विजय तामाङ ब्लोन, बल बहादुर राई, मिलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्व स्याङ्बो, सविता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय टुवा, रत्न मंगगल, टसी लामा, अजय लामा, पवन कुमार गोले र सविता तामाङको अभिनय छ। नाटकको केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर: मण्डला थिएटर

प्रकाशित: २६ कार्तिक २०८२ १६:३६ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast