पोखरामा पेस्तोलसहित एक किशोर पक्राउ

हिमाल प्रेस २४ कार्तिक २०८२ १७:१६ | Monday, November 10, 2025
पोखरामा पेस्तोलसहित एक किशोर पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना किशोरलाई चाइनीज पेस्तोल टाइप-५४ सहित पक्राउ गरेको छ।

गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरू तोडफोड तथा आगजनीमा संलग्नको खोजतलास गर्ने क्रममा पोखरा-४ डेरा गरी बस्ने ती किशोरलाई प्रहरीले पक्राउ गरेको हो। तर ती १६ वर्षका मात्र भएकाले नामथर खुलाइएको छैन।

वडा प्रहरी कार्यालय बगरको स्वामित्वमा रहेको ग्याग्जिन नभएको अवस्थाको उक्त पेस्ताल बरामद गरिएको सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनलाई जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बस्नेतले बताए।

प्रकाशित: २४ कार्तिक २०८२ १७:१६ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast