नेपाल ट्रष्टका तत्कालीन सहसचिव कार्की पक्राउ

हिमाल प्रेस २२ कार्तिक २०८२ २०:५८
26
SHARES
नेपाल ट्रष्टका तत्कालीन सहसचिव कार्की पक्राउ

काठमाडौँ– नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्‍याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङको बीचमा लिजमा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएको भन्दा बढी जग्गा दिएको पाइएको छ।

सूचनामा उल्लेख भएको कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी लिजमा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको ब्यूरोले जनाएको छ। सो सम्झौताले नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी लिजमा दिइएको थियो।

विभिन्न ओहदा र पदमा रहेका व्यक्तिले गैरकानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेका अनुसन्धानका क्रममा देखिएको ब्यूरोले जनाएको छ।

आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानका क्रममा करार सम्झौता गर्ने कार्यमा संलग्न रहेका ट्रष्टको कार्यालयमा कार्यरत तत्कालीन सहसचिव कार्कीलाई ब्यूरोले शुक्रबार पक्राउ गरी हाल अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast