सर्वोच्च अदालत मंसिर १ देखि पूर्णरूपमा सञ्चालन हुने

हिमाल प्रेस २१ कार्तिक २०८२ १३:३४
12
SHARES
सर्वोच्च अदालत मंसिर १ देखि पूर्णरूपमा सञ्चालन हुने

काठमाडौँ- आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मंसिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ’ अदालतको सूचनामा भनिएको छ,‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अंग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो।

प्रकाशित: २१ कार्तिक २०८२ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast