भारत–नेपाल स्टार्टअप सहकार्य, आईआईटी मद्रासमा आठ साताको तालिम

हिमाल प्रेस २० कार्तिक २०८२ १५:५४
8
SHARES
भारत–नेपाल स्टार्टअप सहकार्य, आईआईटी मद्रासमा आठ साताको तालिम

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले आगामी भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क कार्यक्रमअन्तर्गत पहिलो अभिमुखीकरण सत्र सम्पन्न गरेको छ।

दूतावास परिसरमा सम्पन्न सत्रले नेपाल र भारतका स्टार्टअप इकोसिस्टमबीचको सहकार्य र अनुभव आदान–प्रदानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत पहिलो मुख्य कार्यक्रम आगामी डिसेम्बरमा भारतको आईईटी मद्रासमा हुनेछ।

यस कार्यक्रमअन्तर्गत नेपालका स्टार्टअप प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आठ हप्ते प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिनेछ। भारत सरकारको पूर्ण खर्चमा सञ्चालन हुने कार्यक्रमका सहभागीहरूले तालिम, परामर्श तथा इन्टर्नसिपको अवसर पाउनेछन्।

सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नेपालका नवप्रवर्तक युवाहरूका लागि यस्तो सहकार्यले नयाँ अवसर र अन्तर्राष्ट्रिय पहुँच प्रदान गर्ने बताए।

कार्यक्रममा विभिन्न सरकारी निकाय, वाणिज्य संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, नास आईटी, फिन्टेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाका प्रतिनिधि गरी करिब सय जना सहभागीहरू उपस्थित थिए।

त्यस्तै वीरगञ्ज र धरानस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका करिब ६० जना विद्यार्थीहरू भर्चुअल रुपमा सहभागी भएका थिए।

कार्यक्रममा आईआईटी मद्रासका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआईका प्रमुख वैज्ञानिक गौरव रैन ले अनलाइनमार्फत आईआईटी मद्रास र आईआईटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमबारे प्रस्तुति दिएका थिए।

यसअघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो, जसमा करिब ७० विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: २० कार्तिक २०८२ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast