काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका मुद्राको मूल्य घटेको छ।
तर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
आज युरो १ को खरिददर १६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३२ पैसा छ। हिजो युरो १ को खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपैयाँ १६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर ९२ रुपैयाँ ०९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४६० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ५२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३७५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०६ पैसा थियो।



