‘सिड्नी’मा अभिनय गर्दै रीमा र सविन

हिमाल प्रेस २ माघ २०७९ ११:४३ | Monday, January 16, 2023
‘सिड्नी’मा अभिनय गर्दै रीमा र सविन

काठमाडाैँ-  फिल्म ‘सिड्नी’ बन्ने भएको छ। अस्ट्रेलियाको ठूला सहरमध्ये एक हो, सिड्नी।

त्यसैको नाममा नेपाली फिल्म निर्माण हुने भएको छ। फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन्।

आइतबार काठमाडौँमा एक कार्यक्रम गरी निर्माण टिमले ‘सिड्नी’ बनाउने औपचारिक घोषणा गरेका छन्।

अस्ट्रेलिया पुगेपछि नेपाली विद्यार्थीले गर्नुपर्ने संघर्षको कथा फिल्ममा देखाइनेछ। कार्यक्रममा फिल्मका निर्देशक देवकुमार श्रेष्ठले आगामी वैशाखबाट छायांकन सुरु हुने बताए।

‘फिल्म २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ,’ उनले भने।

प्रकाशित: २ माघ २०७९ ११:४३ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast