भुवर भवानीमा माघी मेलाको रौनक

हिमाल प्रेस २ माघ २०७९ ११:२३ | Monday, January 16, 2023
भुवर भवानीमा माघी मेलाको रौनक

बाँके- थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ।

२०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रूपमा परिचित छ। मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताइन्।

माघी पर्वको अवसरमा प्रत्येक वर्ष लाग्दै आएको मेलालाई यसपटक महोत्सवको रूपमा सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए।

उनका अनुसार, माघी मेलामा यो वर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त थारु कलाकारको कला प्रस्तुति रहने छ। यस वर्ष नयाँ अभ्यासको रुपमा छुट्टै स्टल राखेर थारु गाउँ सञ्चालनमा ल्याइएको छ। मेलामा करिब पाँच सय स्टल राखेर महोत्सवकै रूपमा सञ्चालन भएको छ।

माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारुले बताए।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्त्व अझै बढ्दै गएको बताए।

प्रकाशित: २ माघ २०७९ ११:२३ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast