चीनमा ३३ देशका प्रतिनिधिसँग एमाले नेता रिजालले भने : संविधानलाई ‘लिक’मा फर्काउन शान्तिपूर्ण आन्दोलनको तयारीमा छौं

हिमाल प्रेस १९ कार्तिक २०८२ ९:५४
16
SHARES
चीनमा ३३ देशका प्रतिनिधिसँग एमाले नेता रिजालले भने : संविधानलाई ‘लिक’मा फर्काउन शान्तिपूर्ण आन्दोलनको तयारीमा छौं

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताएका छन्।

चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वल्र्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५ औं अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताएका हुन्।

उनले नेकपा एमालेले आफ्ना पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको नेपाली विशेषताको समाजवाद जनताको बहुदलीय जनवाद (जबज)का कारण समाजवादी आन्दोलन थप शसक्त बनेको बताएका हुन्।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नु भएको समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षाको आलोकमा नेपालमा समाजवादी आन्दोलन थप बलियो बनेको हो’ रिजालले सो सम्मेलनलाई सम्बोधनमा भने।

३३ वटा देशका करिब ३सय प्रतिनिधि सहभागी सो सम्मेलनमा रिजालले नेपालमा हालै भएको जेन जी आन्दोलन र यसका कारण र असरका बारेमा पनि स्पष्ट पार्नु भएको छ । रिजालले जेन जी आन्दोलनमा भएको आगलागी हिंसा,व्यक्तिगत तथा सरकारी भवनमा आगजनी गर्ने काममा विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्र रहेको बताए।

उनले खासगरी एमालेको नेतृत्वमा रहेको सरकारलाई बिस्थापन गर्न गरिएका अनेक प्रयास सफल नभएपछि जेन जीलाई प्रयोग गरेर हिंसा र विध्वंस्स मच्चाइएको बताए। ‘जेन जी आन्दोलनका नाममा हिंसा,तोडफोड,आगजनी मच्चाएर एमाले नेतृत्वको सरकारलाई बिस्थापन गरिएको छ’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभएको छ ‘आन्दोलनपछि बनेको सरकार अलोकतान्त्रिक र गैह्र संवैधानिक छ।’

प्रकाशित: १९ कार्तिक २०८२ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast