काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार काठमाडौँमा सिन्डिकेटविरुद्धमा खबरदारी तथा व्यावसायिक भेला गरेको छ।
मलेसियाको वैदेशिक रोजगारीमा सिन्डिकेट लागू गर्न खोजिएको भन्दै संघले गठन गरेको संघर्ष समितिले बत्तीसपुतलीमा खबरदारी कार्यक्रम गरेको हो।
मलेसियाले श्रम आप्रवासन प्रणाली थप पारदर्शी र नैतिक बनाउने प्रयासका रूपमा १० नयाँ मापदण्ड ल्याएपछि त्यसको विरोधमा व्यवसायीहरू उत्रिएका छन्।
केही सीमित व्यवसायीलाई मात्र मलेसियाको वैदेशिक रोजगारीमा पठाउने अनुमति दिने गरी मापदण्ड ल्याइएको भन्दै विरोध गर्दै आएको छ।
अनुपम फुल्याण्डमा भएको कार्यक्रममा उनीहरूले ‘नो सिन्डिकेट’ लेखेको कालोपट्टी टाउको र पाखुरामा बाँधेर विरोध जनाएका छन्। साथै उनीहरुले विरोध स्वरूप ब्यानर पनि कालो प्रयोग गरेका थिए।




