आज यती एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

हिमाल प्रेस २ माघ २०७९ ६:५४ | Monday, January 16, 2023
आज यती एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द फाइल तस्बिर।

काठमाडौँ- पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ।
विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यति एयरलाइन्सले जानकारी दिइएको हो। यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुरु हुनेछ ।

आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो।

विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित: २ माघ २०७९ ६:५४ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast