सरकारले गर्‍यो संसद्का पदाधिकारी र सांसदको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय

हिमाल प्रेस १२ कार्तिक २०८२ १६:०६ | Wednesday, October 29, 2025
सरकारले गर्‍यो संसद्का पदाधिकारी र सांसदको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले संसद्का पदाधिकारी र सांसदको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी घटाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले संघीय संसद्का पदाधिकारी तथा सांसदहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको जानकारी दिए।

‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ। स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो,’ उनले भने।

प्रकाशित: १२ कार्तिक २०८२ १६:०६ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast