मुस्ताङ- मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्। उनको आज मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका-२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए।
उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित: १० कार्तिक २०८२ १७:१९
प्रतिक्रिया



