‘भस्मे डन’की अभिनेत्री बन्दै स्वस्तिमा

हिमाल प्रेस १ माघ २०७९ १३:३८ | Sunday, January 15, 2023
‘भस्मे डन’की अभिनेत्री बन्दै स्वस्तिमा

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद’ का निर्देशक दीपेन्द्र के खनालले त्यसको दोस्रो भागका रूपमा ‘भस्मे डन’ बनाउने भएका छन्।

फिल्ममा ‘पशुपति प्रसाद’का भस्मे डन अर्थात् विपिन कार्की मुख्य भूमिकामा हुनेछन्। उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का फिल्ममा अनुबन्धित भएकी छन्।

स्वस्तिमा र निर्माण टिमबीच सम्झौता भइसकेको छ। फिल्ममा निर्देशक, अभिनेता तथा लेखक खगेन्द्र लामिछाने र दीपेन्द्रको सहकार्य रहनेछ।

आफूले दीपेन्द्र र खगेन्द्रसँग काम गरिरहेको स्वस्तिमाले बताएकी छन्। उनले सामाजिक सञ्जालसँग यी दुईसँग रहेको तस्बिर साझा गरेकी छन्।

फिल्मको छायांकन आगामी फागुनबाट सुरु हुने निर्माण टिमले जनाएको छ।

प्रकाशित: १ माघ २०७९ १३:३८ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast