त्रिशला र दीपककाे स्वरमा ‘बतासले उडाइ ल्यायाे’ गीतको रिमेक, ‘भाइरल गोर्खे’ फिल्ममा समावेश

हिमाल प्रेस ९ कार्तिक २०८२ १३:१९
त्रिशला र दीपककाे स्वरमा ‘बतासले उडाइ ल्यायाे’ गीतको रिमेक, ‘भाइरल गोर्खे’ फिल्ममा समावेश

काठमाडौँ- पुरानो चर्चित गीत ‘बतासले उडाइ ल्यायाे’ को रिमेक गरिएको छ। नयाँ गायकगायिकाको स्वरमा पुन: रेकर्ड गर्दै फिल्मको लागि गीत तयार गरिएको हो। गीत फिल्म ‘भाइरल गोर्खे’ मा समावेश गरिएकाे छ।

गीतमा स्वर त्रिशला गुरुङ र दीपक लिम्बुको छ। रोहित शाक्यले संगीत भरेको गीतको भिडियोमा श्याम पट्टेलले कोरियोग्राफी गरेका छन्।

कुशुम गजमेरको शब्द रहेकोको गीतको ओर्जिनल भर्सनमा कुमार कान्छा र आशा भोस्लेको स्वर छ। जसमा रञ्जित गजमेरले संगीत भरेका छन्। गीत ‘चिनो’ फिल्ममा समावेश गरिएको थियो।

उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठले अभिनय गरेका छन्। भिडियोमा उनीहरूको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ।

फिल्म आगामी माघ १ मा प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्ममा सामाजिक सञ्जालान जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाइएको टिमले जनाएको छ।

समसामयिक र घरघरको विषय भएकाले दर्शकले फिलम मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताए। कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज हुने उनको दाबी छ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेललगायत कलाकारको अभिनय छ।।

फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन्। अमर महर्जनले छायांकन गरेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast