गौशालाको माछा बजारमा शव फेला

हिमाल प्रेस ८ कार्तिक २०८२ १५:५८ | Saturday, October 25, 2025
गौशालाको माछा बजारमा शव फेला प्रतीकात्मक तस्बिर।

महोत्तरी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीय माछा बजारमा शनिबार अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ। स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए।

उनी केही समय बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान छ।

प्रकाशित: ८ कार्तिक २०८२ १५:५८ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast