माओवादीको प्रष्टीकरण : सघन छलफल भए पनि एकता गर्ने विषय टुंगो लागिसकेको छैन

हिमाल प्रेस ८ कार्तिक २०८२ ७:०५ | Saturday, October 25, 2025
माओवादीको प्रष्टीकरण : सघन छलफल भए पनि एकता गर्ने विषय टुंगो लागिसकेको छैन नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्रले कुनै पार्टीसँग एकता गर्ने विषय टुंगो लागि नसकेको बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा टुंगो लागि नसकेको बताएको हो।

‘कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन,’ सचिवालयले भनेको छ, ‘विभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा माओवादी केन्द्रको ठहर छ।’

अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहेता पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेका प्रष्ट्याएको छ।

सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८२ ७:०५ | Saturday, October 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast