भाइटीका दिनको मौसम : अधिकांश स्थानमा सफा, गण्डकी र कोशीमा वर्षा

हिमाल प्रेस ६ कार्तिक २०८२ ६:३२ | Thursday, October 23, 2025
भाइटीका दिनको मौसम : अधिकांश स्थानमा सफा, गण्डकी र कोशीमा वर्षा

काठमाडौँ– आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ। मौसम पूर्वानुमान अनुसार आज देशभरको अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। देशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि अधिकांश स्थानमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपातको सम्भावना छ।

मौसम विश्लेषणका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यद्यपि उक्त प्रभाव कमजोर भएकाले देशभर मौसम सामान्यतया स्थिर रहने देखिन्छ।

 

 

प्रकाशित: ६ कार्तिक २०८२ ६:३२ | Thursday, October 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast