
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले सरकार २१ फागुनमा चुनाव गराउन कटिबद्ध रहेको बताइन्।
राजनीतिक दलहरूसँग छलफल गरेको भोलिपल्ट उनले लोकतान्त्रिक सवलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षाका लागि भयरहित चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी हुन् ।
उनले चुनावका लागि सबै राजनीतिक दल, वर्ग, समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको पनि बताएकी छन् ।
कार्कीले बुधबार मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोहमा त्यस्तो धारणा राखेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको बलमा बनेको सरकारले सुशासनमा पनि ध्यान दिने बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन, `नेपालको संविधानको अधीनमा रही जेन–जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ ।’