पोखरामा जुवाखालबाट ६ लाखसहित २० जना पक्राउ

हिमाल प्रेस ४ कार्तिक २०८२ ११:२५
16
SHARES
पोखरामा जुवाखालबाट ६ लाखसहित २० जना पक्राउ फाइल तस्बिर

पोखरा- पोखराका विभिन्न स्थानमा जुवातास खेल्ने–खेलाउनेहरुलाई प्रहरीलाई निगरानी बढाएको छ। पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्कीले ४ दिन अवधिमा २० जनालाई ६ लाख रुपैयाँसहित पक्राउ गर्न सफल भएको छ।

पोखराको नयाँबजार, विजयपुर र मोहरिया टोलबाट उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए। उनका अनुसार जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा १ कत्तिकदेखि प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो। पक्राउ परेकाहरुमाथि अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको डीएसपी बस्नेतले जानकारी दिए।

२ गते दिउँसो पोखरा ९, नयाँबजारमा जुवा तास खेल्ने–खेलाउने ५ जना पक्राउ परेका हुन्। निजको साथबाट तास र २ लाख ५१ हजार बरामद गरिएको छ । ३ गते बिहान पोखरा २६, विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगला कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट कौडाको गोटीसहित ७७ हजार बरामद गरिएको हो।

३ कात्तिक राति पोखरा २, मोहरिया टोलमा जुवा खेल्ने–खेलाउने ८ जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार बरामद गरिएको प्रहरीले जनायो । विगतमा पक्राउहरुको नाम ठेगाना खुलाउने गरे पनि यसपालि जुवाडेको पहिचान प्रहरीले गोप्य राखेको छ।

प्रकाशित: ४ कार्तिक २०८२ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast