विदेशीलाई खुकुरी देखाई अभद्र व्यवहार गर्ने पक्राउ

हिमाल प्रेस ३ कार्तिक २०८२ ९:४० | Monday, October 20, 2025
विदेशीलाई खुकुरी देखाई अभद्र व्यवहार गर्ने पक्राउ

पोखरा- पोखरा घुम्न आएका एक जना जर्मन नागरिकलाई धारिलो हतियार देखाई अभद्र व्यवहार गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का २३ वर्षीय नवीन बिक र तनहुँको व्यास नगरपालिका वडा ५ का २१ वर्षीय विशाल दर्लामी हुन्।

उनीहरुले आइतबार बिहान ९ बजेर १० मिनेटमा पोखरा २२, अनदु जंगलमा एक्लै हिँडिरहेका जर्मनका नागरिक ६७ वर्षीय एन्स पिटर मार्टिनप्रति खुकुरा देखाई अभद्र व्यवहार गरेको आरोप छ।

घटनापछि तत्कालै खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर घटनास्थलबाट खुकुरीसहित बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुमाथि कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने गतिविधिमाथि कडाइका साथ निगरानी राखिने जनाएको छ ।

प्रकाशित: ३ कार्तिक २०८२ ९:४० | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast