पोखरामा लिपमोटर र सिट्रोनको शोरुम, लिपमोटर बी१० सार्वजनिक

हिमाल प्रेस ३१ असोज २०८२ १९:४७ | Friday, October 17, 2025
पोखरामा लिपमोटर र सिट्रोनको शोरुम, लिपमोटर बी१० सार्वजनिक

पोखरा- पोखरा शिवचोकमा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम खुलेको छ। शुक्रबार उक्त शोरुमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संयुक्तरूपमा उद्घाटन गरे।

पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्स कम्पनी प्रालि हो। उक्त मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्ने जनाइएको छ।

यसैबीच शोरुम उद्घाटन अवसरमा लिपमोटरको नयाँ मोडल बी१० विद्युतीय गाडीसमेत सार्वजनिक भएको छ। शोरुम उद्घाटन एवं बी१० सार्वजनिक कार्यक्रममा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायत सहभागी थिए।

लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास कम्पनीको छ। सो शोरुमले प्रिमियम, ग्राहक केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्राण्डका नवीनतम् मोडलबारे प्रत्यक्ष बुझ्न सकिने जनाइएको छ।

लिपमोटर बी१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो। ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बी१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ। ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ। अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ।

त्यस्तै, ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहे पनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ। अफर मूल्यका कारण लिपमोटरका ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ।

पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको प्रालिका सञ्चालक गोपाल बरालले बताए। ‘हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव सँगालेका छौं। ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो,’ उनले भने, ‘लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको छ, नयाँ लिपमोटर पनि धेरैको रोजाइमा पर्ने विश्वास छ।’

सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले पोखरामा स्थापित नयाँ अत्याधुनिक शोरूम र सेवाले लिपमोटर र सिट्रोन गाडीप्रति पोखरेली ग्राहकको थप विश्वास बढ्ने विश्वास व्यक्त गरे। लिपमोटर र सिट्रोन गाडीका लागि नेपालीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स हो।

प्रकाशित: ३१ असोज २०८२ १९:४७ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast